के लिङ्ग सानो भएर हो ? पुरुषको लिङ्गको साइज कति हुन्छ ? साइज बढाउन के गर्नुपर्छ ?






म ३० वर्षको भएँ। मेरी श्रीमतीको उमेर १९ वर्ष छ। म आफ्नी श्रीमतीलाई धेरै माया गर्छु। हामी यौनसम्पर्क गर्दा एक-अर्कालाई पूरा साथ  दिन्छौं। मलाई धेरै आनन्द आउँछ तर श्रीमतीलाई त्यति आनन्द आउँदैन। यो के भएको होला ? के एजले यसमा केही फरक पार्छ। मेरो लिङ्गको  साइज ५ इन्च छ। के लिङ्ग सानो भएर हो ? पुरुषको लिङ्गको साइज कति हुन्छ ? साइज बढाउन के गर्नुपर्छ ?
६१०८
सर्वप्रथम त श्रीमतीलाई धेरै माया गर्छु भन्ने कुराले हषिर्त बनाएको छ। श्रीमतीको यौन आनन्दलाई लिएर यसरी जिज्ञासा राख्नुभएको कुराको  पनि म सह्राहना गर्छु। यो माया यस्तै गहिरो रूपमा जीवनभर फुलिरहोस्।
मानिसले कसरी यौन चरमसुख पाउँछन् ?
तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ। मास्टर्स तथा जोनसनले मानव यौन  प्रतिक्रिया चक्रलाई चारवटा चरणमा विभाजित गरेका छन्। पहिलो चरणलाई उत्तेजनाको चरण (Excitement Phase, एक्साइटमेन्ट फेज)  भनिन्छ भने त्यसपछिको चरणलाई Plateau Phase (प्लाटो फेज) भनिन्छ। तेस्रो चरण चरमसुख (Orgasm Phase, अर्गाज्म फेज) हो  भने अन्तिम चरण Resolution Phase (रिजोलुसन फेज) हो। प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान  सके एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ। यसको अवधि निकै छोटो हुने भए पनि मानव यौ नजीवनमा यो चरणको विशेष महत्व छ, किनभने यसैबेला मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सायद सर्वोत्कृष्ट सुख अनुभव  गर्छ। यसैलाई चरमसुख भनिन्छ। यसका लागि स्वर्गीय आनन्द, चरम आनन्दजस्ता कैयौं शब्द प्रयोग हुन्छन्।
यो चरणमा मांसपेशीमा निकै तनाव आउँछ र आफै खुम्चने तथा खुल्ने हुन्छ। स्वास-प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने  रक्तचाप पनि निकै बढ्छ। महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने क्रम  चल्छ। पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यसबेला जुन सुखानुभूति हुन्छ त्यसलाई हामी  चरमसुख वा चरम (स्वर्गीय) आनन्द भन्छौं। पुरुषहरूको हकमा भने  चरमसुख पाउने कुरा दुई चरणमा पूरा हुन्छ। सुरुमा आन्तरिक अङ्गहरू  खुम्चने-फुक्ने क्रम हुन्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ। उक्त अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले point of no return  (प्वाइन्ट अफ नो रिटर्न) पनि भनिन्छ। त्यसपछि मूत्रनली, लिङ्ग तथा पौरुष ग्रन्थिको खुम्चने फुक्ने क्रम सुरु हुन्छ र वीर्य बाहिर निस्कन्छ। वीर्य  लिङ्गबाट बाहिर निस्कनुलाई नै हामी वीर्य स्खलन भएको भन्छौं। यही बेला नै पुरुषहरूले चरम सुख पनि पाउँछन्। आधारभूत रूपमा महिला  तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ, तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ। यदि चरमसुखको चरणपछि पनि यौन stimuation (स्टिमुलेसन) निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख (multiple orgasm) पाउन  सक्छन् तर पुरुषहरूमा भने त्यस्तो हुँदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक Refractory Period हो। पुरुषहरू  चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि उत्तेजित हुँदैनन्। महिलाले यौन चरमसुख पछि पनि यौन क्रियाकलापलाई  निरन्तरता दिन सक्छन्।
महिलालाई कसरी यौनसुख दिने ?
महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग 'भगांकुर' बाहिरतिरै हुन्छ। यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग  गर्न सकिन्छ। योनि स्तन तथा अन्य संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउनेजस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ। त्यसबाहेक  अन्य नयाँ प्रयोगहरू गर्न सकिन्छ। पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन्।  यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले यौन सम्पर्कमा  संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न पनि मद्दत गर्छ। चरमसुख प्राप्त गर्न सजिलो कुरा होइन र यो हुनैपर्छ भन्ने पनि छैन।  साथसाथै पाइएन भने पीर गर्नुपर्ने आवश्यकता छैन, पालोपालो गरेर यौन चरमसुख प्राप्त गरे पनि हुन्छ। साथसाथै पाउँदा वास्तविक अर्थमा  सम्भोग बनाउन सकिन्छ। सम्भोग अर्थात् 'संभोग', जसको अर्थ दुवै जना यौन साथी (श्रीमान् श्रीमती) ले समान रूपमा यो सुखलाई भोग  गर्न पाउनु हो।
लिङ्ग कत्रो हुनुपर्ला ?
सन्तान उत्पादन गर्ने र यौन सुख दिने अङ्ग भएर लिङ्गको विशेष सांकेतिक महत्त्व छ। यसको लम्बाइ वा मोटाइसँग व्यक्तिको आत्मसम्मान  जोडिएको हुन्छ। यो आफ्नो शारीरिक स्वरूपमा भएको असन्तुलनको उपज पनि हो। लिङ्गको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक  हुन सक्छ। किन्सेले गरेका अध्ययनअनुसार सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च  हुन्छ। त्यसैगरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च भएको उनले उल्लेख गरेका  छन्। सालाखालाको कुरा गर्दा ८८ प्रतिशत पुरुषको लिङ्ग उत्तेजित हुँदा ५ देखि ७ इन्च लामो हुने देखिएको छ भने उत्तेजित नहुँदा ३ देखि ५  इन्चको हुने देखिएको छ। बुझ्नुपर्ने कुरा के छ भने उत्तेजित नभएको बेलाको लिंगको नापले उत्तेजित लिंगको लम्बाइलाई प्रतिविम्बित गर्दैन।  लिंगको नाप र आकार विशेष गरेर किशोरावस्थाको बेलामा आन्तरिक रागरस (हार्मोन) हरूका कारणले गराउने विकासमा भर पर्छ। यी  कुरामा वंशाणुगत प्रभावको कुरा त छँदैछ।
लिङ्ग तन्काउने, पम्पको प्रयोगजस्ता अनेक उपायको चर्चा गरिए पनि तिनकै दीर्घकालीनमा प्रभावका बारेमा यसै भन्न सकिँदैन। शल्यक्रियाले  लिङ्ग बढाउन सकिए पनि सबैका लागि नतिजा राम्रो हुन्छ भन्ने छैन।
उमेरको फरक र विवाह
अहिले तपाईंहरू दुवैको उमेर यौन सक्रिय हुने भएकाले यौनक्रियाकलाप गर्न तथा सुख प्राप्त गर्न कुनै नकारात्मक असर नपर्नुपर्ने हो। पछि  गएर तपाई ४०-४५ वर्षको र श्रीमती ३४-३९ वर्षको हुँदा उमेरको फरकको असर देखिन सक्छ, तर दुवैको समझदारी तथा सहयोगले  सजिलै त्यसलाई समाधान गर्न सकिन्छ।
Tags:

फिल्मी बक्स अफिस परिवार

हाम्रो साईटमा आउनु भएकोमा धन्यबाद छ । तपाइको अमुल्य सुझाबको लागि तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला ।