वैज्ञानिकहरुले कुकुरले मासु खानमात्र नभएर हड्डी चपाउन समेत मरिहत्ते गर्नुको कारण पत्ता लगाएको दाबी गरेका छन् । क्यानडाका शोधकर्ताहरुले कुकुरको हड्डी चपाउने आदतका विषयमा वैज्ञानिक कारण पत्ता लगाएको दाबी गरेका हुन् ।ओटावा सहरमा भएको क्रमविकाश जिवविज्ञान विषयको सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै शोधकर्ता डाक्टर जोआओ मुनोज डोरानले झण्डै ८० लाख वर्ष पहिले शिकार पक्रिनका लागि कुकुरमा यो बानीको विकाश भएको र विस्तारै-विस्तारै कुकुरमा सिकार गर्नुका साथै हड्डी चपाउने बानी वंशाणुगत गुणका रुपमा विकाश भएको बताए ।डोरान तथा नेशनल युनिभर्सिटी अफ कोलम्बियाका सहयोगीहरुले कुकुरको वंशवृक्ष तयार गरेका छन् र त्यसको अरु ३ सय भन्दा बढि प्रजातिबीच सम्बन्ध स्थापित गरेका छन् । कुकुरप्रजातिहरुले समयक्रमसँगै पछि समूहमा शिकार गर्न थालेपछि सोही प्रकारका तिखा तथा शक्तिशाली दाँतको विकाश भयो । यसले गर्दा उसको हाड चपाउने क्षमता झनै बढ्न पुग्यो । जंगली कुकुरका केही प्रजातिहरु मानिसहरुले घरमा पाल्न थाले
यसरी समग्र कुकुरका प्रजातिहरुमा विकशित भएका त्यस्तो दन्त संरचना तथा हाड चपाउने बानी घरपालुवा कुकुरहरुमा समेत यथावत रहन पुगेको हो । सोही वंशाणुगत गुणका कारण अहिलेपनि घरपालुवा कुकुरले मासु खान तथा हाड चपाउन निकै मन गर्दछ । यद्यपि कुकुरको उतिविघ्न शिकारी चरित्र पनि हराउन थालिसकेको छ ।