सहवासका लागि आवश्यक ऊर्जा |
यौनकार्य एउटा शारीरिक संयोग हो। यौनचाहना सामान्य शारीरिक प्रवृत्ति पनि हो। वैवाहिक जीवन सुखी र सफल बनाउन सहवासले महत्वपूर्ण भूमिका निवाह गर्छ। सहवासबाट आनन्द मात्र प्राप्त हुँदैन, शारीरिक सुखका साथै स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन देखा पर्छ। यौन वैवाहिक जीवनको धरातल हो र यो महत्वपूर्ण क्रियाबाट महिला तथा पुरुष दुवैलाई परितृप्ति र स्थायी सुख प्राप्त हुन्छ। स्वस्थ यौन जीवनले वैवाहिक जीवनमा सञ्जीवनीको काम गर्छ। नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने म्यासाच्युसेटस्थित न्यू-इल्यान्ड इन्स्टिच्युटका वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। मानिसको यौन क्रियाका लागि जसरी सुविधाजनक बिछ्यौना आवश्यक हुन्छ, त्योभन्दा बढी आवश्यक हुन्छ सही खानपानको।
मानव शरीर जुन अवयवबाट बनेको हुन्छ त्यसमा अनेक धातु र खनिज पदार्थ हुन्छन् जुन बराबर व्यय हुन्छ र भोजनमा ती पदार्थको कमीले यौनलाई प्रभावित गर्छ, जसका कारण यौनशक्तिमा कमी आउँछ, मानिसले आफ्नो यौन जीवनबाट सोचेअनुरूपको सुख प्राप्त गर्न सक्दैन भने वैवाहिक जीवनसमेत धरापमा पर्छ। त्यसैले यौन जीवनलाई सुखी राख्न भोजनमा अनेक धातु र खनिज पदार्थरूको कमी हटाउनुपर्ने हुन्छ। यौन सुखबाट वञ्चित नहुन भोजनमा त्यस्ता खानपान प्रयोग गर्नुपर्ने हुन्छ जसले यौन ऊर्जा बढाउँछन् र सहवासबाट पर्याप्त सुख र आनन्द प्राप्त हुन्छ। तैलिय खाद्यसामग्रीभन्दा अंकुरित अन्न बढी पौस्टिक हुन्छन्। अंकुरित अन्नबाट यौन हार्मोन सहज रूपमा प्रभावित हुन्छन्।
तैलिय खाना खाने दम्पतीले यौन क्रियाको पर्याप्त आनन्द अनुभव गर्न सक्दैनन्, त्यसैले भोजनमा घिउ, रातो मासु, समुद्री माछा एवं नरिवलको तेल प्रयोग गर्नु हुँदैन। कुखुराको फिला पनि उपयुक्त हुँदैन भने अन्डाको पहेंलो भाग पनि लाभदायक हुँदैन। यदि माछामासु खानु छ भने त्यसलाई बफ्याएर खानुपर्छ। तैलिय खानाको सेवनले रगत गाढा भएर रक्तसञ्चारको गति मन्द हुन्छ, जसले मधुमेह एवं हृदयघातको खतरा बढ्छ।
हामीले खाने आहारमा यौन हार्मोनलाई प्रभाव पार्न सक्ने अनेकन तत्त्व हुन्छन्। त्यसैले ती कुरा सेवन गर्नुपर्छ, जसले हाम्रो यौन जीवनलाई सुमधुर, सुदृढ एवं सुखी बनाउँछन्। स्वस्थ र सुमधुर सहवासका लागि धेरैभन्दा धेरै फलफूल, हरिया सागसब्जी तथा अंकुरित अन्न सेवन गनर् ुपर्छ। फलफूल एवं सागसब्जीले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छन्। अंकुरित अन्नमा भिटामिन 'ई' हुन्छ। अकुरित अन्नमा भएको पोटासियमले तनाव हटाउनुका साथै वीर्य पनि बढाउँछ।
यौन विशेषज्ञहरूका अनुसार यौन क्रियालाई कायम राख्ने सबैभन्दा राम्रो उपाय हो, अल्पहार अर्थात् उमेरअनुरूपको खानपान। आफ्नो उमेरअनुरूपको खानपान वा पौस्टिक आहार ग्रहण गरे यौन ऊर्जामा वृद्धि हुनुका साथै यौनजीवन सुखी रहन्छ। मानिसको उमेर जति बढ्दै गयो त्यति नै यौन क्षमतामा कमी आउँछ। ३० वर्ष काटेका स्त्री-पुरुषले नुन र चिल्लो एवं गुलियो पदार्थ सकेसम्म कम सेवन गर्नुपर्छ । ४० को उमेरपछि घिउ-तेलको सेवन कम गर्नु एवं उमालिएका परिकार प्रयोग गर्नु राम्रो हुन्छ।
सुखद यौनका लागि // यौनजीवनलाई प्रभावित गर्ने बिमारी
by nepalarabसुनिता र उनका श्रीमान्बीच धेरै दिनदेखि खटपट चलिरहेको थियो। दुवैबीच बोलीचाली बन्द भएका कारण घरमा तनावको वातावरण थियो। कारण थियो, सुनितालाई केही समययता बढी थकान महसुस हुन्छ। राति ओछ्यानमा पल्टनेबित्तिकै उनलाई निद्रा लाग्छ। श्रीमान्सित शारीरिक सम्बन्ध पनि थकानकै कारण सुमधुर हुन सकिरहेको थिएन। अस्वस्थताका कारण शारीरिक संसर्गमा सुनिता त्यति उत्साहित हुन्नथिन्। यही कारणले उनीहरूबीच तनावले जन्म लिन थालेको थियो।
चाहे कुनै पनि उमेर किन नहोस्, सेक्सले हाम्रा भावनालाई जागृत गर्छ र यो जति उम्लिन्छ, यौन जीवन उति नै सुखमय हुन्छ। सेक्स सम्बन्धका लागि कुनै अतिरिक्त प्रयास गर्नुपर्ने आवश्यकता पनि रहँदैन कारण यो एउटा स्वाभाविक प्रक्रिया हो, आवश्यकता हुन्छ त केबल आफ्नो हेल्थ मेन्टन गर्ने, जसले गर्दा जुनसुकै बेला ताजापन महसुस हुन्छ। यदि तनमा स्फूर्ति र ताजापन छ भने मन पनि प्रसन्न रहन्छ भने मुहारबाट पनि खुसी झल्किन्छ। यही खुसीले यौन सम्बन्धलाई सुमधुर र सुदृढ तुल्याउन सहायता गर्छ। सेक्सुयल एक्सपर्टहरूका अनुसार यौन समस्या तनसित नभएर मनसित जोडिएको हुन्छ जबसम्म मन त्यसका लागि तयार हुँदैन, व्यक्तिको शरीरले पनि सेक्सका लागि इच्छा प्रकट गर्दैन। यी सबका बावजुद यदि स्वास्थ्य ठीक छैन भने पनि यौन जीवन प्रभावित हुन्छ।
स्वस्थ रहने दिशामा पहिलो पाइला हो- नियमित शारीरिक अभ्यास। एक्सरसाइज गर्नाले कार्डियोभ स्कुलर हेल्थ, वेटल्स, क्यान्सरको सम्भावनामा पनि कमी आउँछ भने ब्लडप्रेसर र डाइबिटिज जस्ता बिमारी पनि नियन्त्रणमा रहन्छ। एक्सरसाइज यौन जीवनलाई आनन्द दायक बनाउन सहयोगी हुन्छ। कुनै पनि प्रकारको फिजिकल एक्टिभिटीले शरीरको विभिन्न भागमा रक्तप्रवाह सुचारु गर्छ। यसबाट धेरै हदसम्म इरेक्सनको समस्यामा कमी आउँछ। अनुसन्धानहरूअनुसार लगातारको एक्सरसाइजले सेक्सुअल लाइफमा मनोवैज्ञानिक फाइदा पनि प्राप्त हुन्छ। जो एक्सरसाइज गर्छन्, उनीहरू आफूलाई स्फूर्त महसुस गर्छन्। उनीहरूको आत्मविश्वास बढ्छ र उनीहरू श्ाारीरिक रुपबाट पनि आकर्षक देखिन्छन् भने यौनलाई बढी इन्ज्वाइ पनि गर्छन्।
चिकित्सकहरूका अनुसार सेक्सले शरीरमा एक प्रकारको रसायन निर्माण गर्छ, जसले गम्भीर बिमारीबाट बचाउन मद्दत गर्छ। यति मात्र नभई, फिजिकल एक्सरसाइजले तनावबाट पनि छुटकारा प्राप्त हुन्छ, यसले थकानबाट जोगाउँछ र सेक्सप्रतिको अरुचि समाप्त पार्छ। त्यसो त हरेक एक्सरसाइज फाइदाजनक हुन्छन्। यद्यपि एरोबिकले हार्मोनलाई सन्तुलित राख्छ, तनावबाट छुटकारा प्राप्त गर्न मद्दत गर्छ र सम्पूर्ण शरीरमा स्फूर्ति र ताजापन सञ्चार हुन्छ। यसबाट बढी आत्मविश्वास र एनर्जी पाइन्छ। वाकिङ र जगिङ गरेर पनि आफ्नो हेल्थ मेन्टेन गर्न सकिन्छ।
स्वास्थ्यलाई सन्तुलित राख्न सन्तुलित र पौष्टिक आहारलाई आफ्नो नियमित भोजनमा समावेश गर्नु नितान्त आवश्यक छ, जब हेल्दी डाइट ग्रहण गरिन्छ तब शरीर पनि हेल्दी हुन्छ। सेचुरेटेड फ्याट भएको खाद्य सामग्रीलाई आफ्नो आहारमा समावेश गर्ने गल्ती गर्नुहुँदैन। यसबाट हार्टअटेकको खतरा बढ्नुका साथै रक्तप्रवाहमा पनि बाधा उत्पन्न हुन्छ। डाइटिसियनहरूका अनुसार मौसमी फल एवं सब्जी खानुका साथै जुस पनि सेवन गर्नुपर्छ। तैलीय खाद्यपदार्थ एवं जंक फुडबाट टाढै रहनुपर्छ। यिनको सेवनले शरीरमा शिथिलता उत्पन्न हुन्छ र काम गर्न त टाढाको कुरा प्रेम गर्न पनि मन लाग्दैन। यस्तो पदार्थ खानुपर्छ जसमा भरपुर मात्रामा फाइबर हुन्छ। आफ्नो शरीरलाई फिट राख्न धेरै नुन सेवन गर्नुहुँदैन। दिनमा कमसेकम ८-१० गिलास पानी पिउनुपर्छ, हेल्थ मेन्टन गर्न भिटामिन, मिनरल वा प्रोटिनका औषधि वा गोलीहरू खानुभन्दा ताजा फलफुल खानु राम्रो हुन्छ।
यौनजीवनलाई प्रभावित गर्ने बिमारी
मोटोपनः मोटोपनले सुखद् यौन जीवनमा नकारात्मक प्रभाव पार्छ। यो कुरा बुझ्न सके अनेकन बिमारीबाट बच्न सकिन्छ। मोटो व्यक्ति चाँडै थाक्छ र सेक्सको पर्याप्त आनन्द अनुभव गर्न सक्दैन। मोटा मानिसहरूको सास फुल्छ र पसिना आउन थाल्छ। यस्तो स्थितिमा आफ्नो शरीरको आकारका सम्बन्धमा पनि हिनता उत्पन्न हुन्छ भने उनीहरू श्ाारीरिक सम्बन्ध स्थापित गर्न हिच्किचाउँछन्।
कम्मर पीडाः यो एउटा आम समस्या हो, विशेषगरी महिलाहरूमा उत्तेजनामा गलत पोस्चरका कारण कम्मरको पीडा अझ बढ्छ। अतः कम्मरको पीडालाई यौनजीवनको आनन्दमा बाधा बन्न नदिनु राम्रो हुन्छ। यदि श्रीमान्लाई यस्तो समस्या छ भने श्रीमतीले टप पोजिसन लिन सक्छिन्। यसबाट पोजिसन परिवर्तनको आनन्द पनि प्राप्त हुन्छ।
डाइबिटिजः डाइबिटिजबाट यौन इच्छा र आनन्द दुवैमा नकारात्मक प्रभाव पर्छ। यसका कारण शरीरमा कमजोरी आउँछ र थकान वृद्धि हुन्छ। जो इन्सुलिन लिन्छन्, कैंयनपटक सेक्सका बेला उत्तेजित हुँदा पोग्लेसेमियाको सिकार बन्छ। यसमा सेक्सका बेला रिङ्गटा लाग्नुका साथै कम्पन महसुस हुन्छ र धड्कन तीव्र हुन पुग्छ। जसले यौन आनन्दबाट वञ्चित तुल्याउँछ !
