नाता ! (लघुकथा)

केही दिनअघि मैले उसलाई एकजना आफ्नै उमेरको नातेदारसँग हिँड्दै गरेको देखेको थिएँ । आपसी परिचय नभए पनि मलाई थाहा थियो कि त्यो अर्को व्यक्ति उसको फुपूको छोरा थियो मैलो कमिज र पुरानो पाइन्ट लगाएर हिँड्दै गरेको त्यो व्यक्तिको पहिरनले नै उसको आर्थिक स्थितिलाई दर्साइरहेको थियो । त्यो अपरिचित व्यक्तिसँग छुट्टिसकेपछि मैले उसँग सोधेको थिएँ "...अनि ऊ तिम्रो भाइ कि दाइ ?"

"दाजु न भाइ, म त बाऊको एक्लो छोरो तिमीलाई थहा छैन र ...?" उसले जवा दिएको थियो । "... उ त मेरो फुपूको छोरा पो हो ..." । "फुपूको छोरा पनि त दाजुभाइ नै हुन् नि हैन र ?" । मेरो प्रश्नको उसले एकैछिन रोकिएर जवाफ दिएको थियो "...अँ...त्यसरी हेर्दा त भाइ नै पर्छ क्यारे..." ।आज पनि मैले उसलाई बाटोमा एकजना उसकै उमेरको अपरिचित तर समृद्ध व्यक्तिसँग हिँड्दै गरेको देखेर सोधेँ " अनि उ को नि ?" । "उँहा मेरो दाइ हो" उसले झट्ट जबाफ दियो । "हैन तिमी त एक्लै छोरा हैन र?" मैले सोधेँ । "हो, तर मामाको छोरा भनेको त आफ्नै दाइ नै त हो नि ..." उसले सटीक जबाफ दियो ।
Tags:

फिल्मी बक्स अफिस परिवार

हाम्रो साईटमा आउनु भएकोमा धन्यबाद छ । तपाइको अमुल्य सुझाबको लागि तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला ।