घामले बढाउँछ यौन चाहना


घमाइलो सामुदि्रक किनारा, नदिको तट तथा बगैँचामा बसेका प्रेमजोडीहरु चुम्बनमा लिप्त हुन्छन् । दिनको घाम जति चढ्दै गयो उनीहरुको कामुकता झनै बढ्दै जान्छ । घामको मात्रा बढ्दै जाँदा प्रेमीको कामबासनामा वृद्धि हुन्छ जसका कारण ऊ प्रेमिकासँग बढि भन्दा बढि रासलिलामा लिप्त हुन चाहन्छ । जाडो मौसम तथा बादल लागेको समयमा प्रेमजोडीका यस्ता क्रियाकलाप उतिसारो देखिँदैनन्, किन होला ?

अवश्यपनि घमाइलो दिन र मानिसको यौनचाहनाबीच गहिरो सम्बन्ध छ । पछिल्लोपटक गरिएको एक अध्ययनले सूर्यको चम्किलो प्रकाशले पुरुषहरुमा यौन इच्छा वृद्धि गर्ने तथ्य पत्ता लगाएको छ । सूर्यको प्रकाशले पुरुषहरुमा सेक्स हर्मोन टेस्टेस्टेरोनको उत्सर्जनमा वृद्धि गर्ने भएकाले घमाइलो दिनमा पुरुषहरु बढि कामुक बन्ने अध्ययनकर्ताहरुको निष्कर्ष छ ।

सरीरमा ९० प्रतिशत भिटामिन सूर्यको प्रकाश छालामा ठोक्किएपछि उत्पादन हुन्छ । सरीरमा जति धेरै भिटामिन डी उत्पादन भयो उतिधेरै टेस्टेस्टेरोन हर्मोन उत्पादन हुने भएकाले सूर्यको प्रकाशले मानिसको यौन चाहनामा सकारात्मक प्रभाव पार्ने अस्टि्रयाको ग्राज विश्वविद्यालयका शोधकर्ताहरुको ठम्याइ छ ।
Tags:

फिल्मी बक्स अफिस परिवार

हाम्रो साईटमा आउनु भएकोमा धन्यबाद छ । तपाइको अमुल्य सुझाबको लागि तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला ।