गर्भपतन गराएका कारण योन यौनसम्बन्धमा मजा आएन !
यौन जिज्ञासा र समाधान
गृहपृष्ठ » » यौन जिज्ञासा र समाधान » लेखहरु »
यो सब के कारणले हुन्छ ? यसको समाधान के होला ?
गृहपृष्ठ » » यौन जिज्ञासा र समाधान » लेखहरु »
यो सब के कारणले हुन्छ ? यसको समाधान के होला ?
म २० वर्षीया विवाहित महिला हुँ। अहिले ब्याचलर अध्ययनरत छु। अध्ययनका कारण १९ वर्षकै उमेरमा मैले आफ्नो पहिलो गर्भपतन गराएकी थिएँ, जसले गर्दा अहिले समस्या देखा परेको छ। मलाई यौनसम्बन्ध राख्दा चरमसुख प्राप्त हुँदैन। त्यसमा केही आनन्द भएजस्तो लाग्दैन अनि पाठेघरबाट सेतो पानी मात्र बग्छ। यो सब के कारणले हुन्छ ? यसको समाधान के होला ?
आर.
गर्भनिरोध कि गर्भपतन ?
तपाईंले विवाहपछि पनि अध्ययनलाई महत्व दिनुभएको कुराले खुसी लागेको छ, तर नेपालमा सहज र सुलभ तवरले उपलब्ध गर्भ निरोधको उपाय अवलम्बन नगर्नुभएको कुराले भने दुःखी छु। गर्भपतनको तुलनामा उपलब्ध गर्भनिरोधका साधन सुरक्षित छन्। कुनै परिवार नियोजन के न्द्रमा गै त्यसलाई प्रयोग गर्नु बेस हुने भएकाले यसमा विलम्ब नगर्न अनुरोध छ।
गर्भपतनमा शारीरिक मात्र होइन, मानसिक तथा भावनात्मक चोट पनि पर्छ। हुन त तपाईंले यस विषयमा केही लेख्नुभएको छैन तर पनि यो महत्वपूर्ण पक्ष हो। पहिलो गर्भ नै तुहाउनुपरेको पीडाले तपाईंको मनमा गहिरो छाप परेको भए त्यसको असर यौनजीवनमा पनि पर्न सक्छ। गर्भ रहने अनि तुहाउनुपर्ने भय तपाईंको मनमा नजानिदो रूपमा हुनसक्छ। यस विषयमा पनि विचार गर्नुहुन अनुरोध छ। प्रभावकारी गभर् निरोधका उपाय प्रयोग गर्दा गर्भ रहने भय हुँदैन र यौन आनन्दमा केन्दि्रत हुन सकिन्छ। वास्तवमा गर्भनिरोधको प्रयोगको उद्देश्य नै यौ नसम्पर्क राखेर आनन्द प्राप्त गरे पनि गर्भ नरहोस् भन्ने हो, त्यसैले गर्भ निरोधको साधनलाई एक-अर्थमा यौन प्रसाधन पनि
भन्न सकिन्छ।
किन यौनआनन्द नआएको ?
तपाईंको लेखाइले तपाईंमा यौनचाहना भएर पनि चरमसुख प्राप्त गर्न नसक्नुभएको कुरा बुझेको छु। कतै तपाईंंमा यौनसम्पर्क राख्ने चाहना नै नभएको त होइन भन्ने कुरामा पनि विचार पुर्याउनुपर्छ। अर्को कुरा, पहिले चरमसुख नियमित प्राप्त गर्ने र अहिले त्यस्तो हुन छोडेको हो कि भन्ने कुरा पनि लेख्नुभएको छैन।
यौन आनन्दमा बाधा पार्ने कुनै शारीरिक वा मानसिक कारणहरू छन् कि हेर्नुपर्छ। कतै पाठेघर वा वरिपरी संक्रमण हुन गै यौन सम्पर्क नै पीडादायक हुने गरेको त छैन ? सेतो पानी बग्नुले त्यसको संकेत गरेको हुनसक्छ। केही दीर्घरोगको पनि यस्तो प्रभाव पर्न सक्छ। यौनप्रतिको गलत मानसिकता एउटा प्रमुख कारण हुनसक्छ। कसैमा यौन क्रियाकलाप नै खराब हो भन्ने प्रभाव परेको छ भने ऊ सहजै यौ नक्रियाकलापमा संलग्न हुन सक्दैन। यौनसम्बन्धी मूल्य-मान्यताको विकास हुँदा यदि मनमा गहिरो प्रभाव परेको छ कि विचार गर्नुहोस्। त्यसबाहेक दैनिक जीवनमा आईपर्ने तनावहरू जस्तै चिन्ता, निराशा, थकाइ, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका कारण हुन सक्छन्। यो तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुनसक्छ। कुनै रोगको उपचारका क्रममा कुनै औषधी प्रयोग गर्नुभएको भए त्यो यौन क्रियाकलापमा प्रभाव पार्ने खालको छ-छैन विचार पुर्याउन नबिर्सनुहोला।
समाधान के होला ?
आशा गर्छु, तपाईंको श्रीमान्सँगको सम्बन्ध सुमधुर छ र उहाँ तपाईंलाई सहयोग गर्न तयार हुनुहुन्छ। त्यसबाहेक दैनिक जीवनमा आईपर्ने तनावहरू जस्तै चिन्ता, निराशा, थकान, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका कारण हुन सक्छन् भने त्यसलाई पनि राम्रोसाग केलाएर समाधानतिर लाग्नुपर्ने हुन्छ। अझै तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुन सक्छ। यदि कुनै त्यस्ता कारण भए पक्कै तपाईंले त्यसलाई हटाउने प्रयास गर्नु नै हुनेछ।
धेरैजसो महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुर नै हुने भएकाले कुनै पनि यौन क्रियाकलापमा यसको घर्षण, मर्दन अनि चलाउने कुरालाई विशेष ध्यान दिनुपर्छ। पुरुष माथितिर बसेर गरिने योनि-लिङ्ग यौन सम्पर्कले भगांकुरमा घर्षण पैदा गर्दैन। तपाईं आफंैले चलाउन सक्ने भए पनि पाक्क्रीडाका दौरान श्रीमान्लाई भगांकुर चलाउन लगाई चरमसुख प्राप्तिको नजिक पुगेपछि मात्र लिङ्ग प्रवेश गराउनु उपयुक्त हुन्छ। आफू श्रीमान् माथितिर बसेर यौनसम्पर्क गरे फाइदा पुग्छ। त्यसबाहेक नयाँ-नयाँ प्रयोग गर्दै पाक्क्रियामा पर्याप्त संलग्न हुनुले फाइदा मिल्छ।
तपाईंले आफूमा कुनै शारीरिक लक्षण भेट्टाउनुभएको भए वा कुनै औषधीको प्रयोग गर्नुभएको भए त्यसको नकारात्मक प्रभाव यौन रुचिमा छ वा छैन भन्ने कुरा पत्ता लगाउन र समाधान गर्न चिकित्सकसँग सल्लाह लिनुहोला। सेतो पानी बग्ने कारणको सन्दर्भमा स्त्रीरोग विशेषज्ञसँग सल्लाह लिई आवश्यक परे उपचार गराउनुपर्छ।
सेक्स गर्नुअघि मेरो लिंगबाट रस आउँछ। त्यसले गर्भ रहन्छ ?
पमास
यौन उत्तेजना भएपछि पुरुषमा थोरै नै भए पनि लिङ्गको टुप्पोबाट थोरै पनि सफा पानी जस्तो रस आउँछ। यो विशेष गरेर Cowper's glands बाट भएको रस हो। यसलाई pre-ejaculate पनि भनिन्छ। सामान्यतः उक्त रसमा शुक्रकीट हुँदैनन्।
जहाँसम्म गर्भ रहने कुरा छ, सम्भावना छ तर एकदमै कम। विभिन्न कारणले पहिले यौनसम्पर्क गर्दा होस् वा हस्तमैथुन गर्दा होस् वीर्य स्खलन गरेको छ भने ९८ प्रतिशत वीर्य बाहिर निस्किए पनि २ प्रतिशतजति मूत्रनलीमा रहेको हुनसक्छ। वीर्य स्खलनपछि पिसाब फेरिएको छैन भने त्यसमा शुक्रकीट हुन सक्छ। सम्भावना थोरै भए पनि यसबाट पनि गर्भ रहन सक्छ।
यौन मनोवैज्ञानिक
करूणा कुँवर, मनोविद्
म २८ वर्षीया विवाहित महिला हुँ। मेरो वैवाहिक जीवन सफल छ। हाम्रो वैवाहिक जीवन सुखद हुनुमा यौन जीवन राम्रो हुनु हो भन्ने मेरो ठहर थियो। यद्यपि तपाईंले यही पत्रिकामा 'नेपालीलाई सेक्स गर्न आउँदैन’ भन्दै सनसनीपूर्ण अन्तर्वार्ता दिएपछि मलाई अचम्म लाग्यो। तपाईंले कुन आधारमा यो कुरा गर्नुभयो ? हाम्रो यौनजीवन सुखी छ भन्ने मेरो धारणा गलत हो ?
मी., चितवन
मीनाजी, नेपालीहरूलाई सेक्स गर्न आउँदैन भन्दा तपाईं जस्ता धेरै अचम्भित हुनुभएको हुनुपर्छ। तपाईंले पढेको शीर्षकमा नेपालीलाई सेक्स गर्न आउँदैन भन्ने हेरेपछि खास रूपमा तपाईं त्यतैतिर सोच्न पुग्नुभएको होला। त्यसको कारण पनि छ, जस्ारी तपाईंले मलाई आँप मन पर्दैन भन्ने सुनेपछि किन ??? भन्ने उत्तरको चाहना हुन्छ। कुनै पनि कुराको अगाडि र पछाडि धेरै कुरा हुन्छन्। जस्तो आँप काँचो भएर हो कि ....., आँपले गर्मी गराउने भएर हो कि ? आदि। त्यस्तै अखबारको हेडलाइन पनि उद्देश्यअनुरूप राख्नुपर्ने भएकाले ठ्याक्कै त्यही शीर्षक राखिएको हो। नेपालीलाई वा जो-कोहीलाई पनि सेक्स गर्न नआउनुका पछाडि धेरै कारण छन्।
हामीमध्ये धेरैलाई के भ्रम छ भने सेक्स सामान्य कुरा हो, यो सिकिरहनुपर्ने कुरा होइन। यद्यपि सत्य कुरा के हो भने हामीमध्ये धेरैलाई सेक्स गर्न आउँदैन। त्यसको अर्थ हामीमा यौन शिक्षाको कमी छ। यौन शिक्षा भनेको मानव यौनको विषय तथा मानव यौनको संरचनासँग सम्बन्धित छ। यो मानव यौन प्रजनन, यौन क्रीडा, प्रजनन् स्वास्थ्य, भावनात्मक सम्बन्ध, यौन अधिकार, दायित्व, यौन अनुशासन, जन्मदर नियन्त्रण तथा मानव यौन स्वास्थ्यसँग सम्बन्धित अन्य विषयहरू पनि यसअन्तर्गत पर्छन्। यसमा अभिभावक तथा सम्बन्धित व्यक्तिलाई रेखदेख गर्ने व्यक्ति, विद्यालयको औपचारिक शिक्षा, सार्वजनिक स्वास्थ्यसम्बन्धी अभियानजस्ता विधिहरू बृहद् यौन शिक्षासँग सम्बन्धित साझा मञ्च हुन्।
व्यक्ति-व्यक्तिबीचको आपसी माया, विश्वास, एक-अर्काप्रतिको सम्मान तथा समानअनुभूतिले यौनसम्बन्धलाई प्रगाढ बनाएको हुन्छ। त्यस्तै यौ नको आध्यात्मिक पक्ष पनि हुन्छ। यसले एक व्यक्ति र अर्को व्यक्तिलाई नजिक ल्याउन मद्दत गरेको हुन्छ। विश्वका अनुभवहरूले अर्को के कुरा पनि देखाएका छन् भने किशोरावस्थादेखि नै यौनका रहस्यमय विषयहरूमा जिज्ञासु बनाएको हुन्छ। त्यसैले उनीहरू यौनको अनुभव गर्न बढी उत्साहित हुन्छन्।
हाम्रो संस्कृतिले हामीलाई खुला रूपमा सेक्सको कुरा गर्न दिँदैन। सानो छँदा यसलाई असाध्यै लुकाउने प्रयास गरिन्छ, ठूलो भएपछि पनि उपयुक्त मानिसबाट यो कुरा सिक्ने व्यवस्था छैन। मानौं साथीभाइ, बाहिरी व्यक्ति वा कुनै माध्यमबाट तपाईं हामीले यौन-शिक्षा प्राप्त गर्यौं रे, तपाईंले सिकेका सबै कुरा ठीक हुन् भनेर कसरी थाहा पाउने ? यस अर्थमा धेरै मानिसलाई यौनशिक्षाका सम्बन्धमा भ्रम छ। यौनका विषयह रूमा सही तरिकाले सानै उमेरदेखि शिक्षा दिने हो भने यौन जीवन स्वस्थ हुनसक्छ।
सेक्स गर्न सबैलाई आउँछ कि आउँदैन होला, निष्कर्षमा पुग्नुअघि मैले धेरै विवाहित जोडीसँग भेटेको थिएँ। मेरो अध्ययनमा ९० प्रतिशत युगल जोडीमा कतै न कतै यौनबाट असन्तुष्ट र उनीहरूमा यससम्बन्धी ज्ञानको कमी रहेको पाएँ। कतिपय जोडी त कस्तोसम्म थिएँ भने उनीहरूका लागि सेक्स भनेको शारीरिक सम्बन्ध मात्र रहेछ। वास्तवमा त्यो त एउटा पाटो मात्र हो। यसरी गरिने सेक्स बाध्यात्मक बन्न पुग्छ। बाध्यात्मक सम्बन्ध कहिल्यै सुखद हुँदैन, सम्बन्ध त रोमाञ्चक हुनुपर्छ
